विभिन्न ब्यक्तित्व राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मानबाट सम्मानित
काठमाडौं। नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको शुभ अवसरमा आयोजित ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’ सम्पन्न भएको छ ।

पूर्व तालिका अनुसार सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख अतिथिमा सम्पन्न हुनु पर्ने कार्यक्रम उहाँको कार्य व्यस्तताका कारण पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा शुक्रबार जमलस्थित नाचघरमा सम्पन्न कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका बिशिष्ठ कलाकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको थियो ।
सम्मानित हुनुहुने ब्यक्तित्वहरुमा डा. भोला रिजाल, बसुन्धरा भुषाल, दयाराम दाहाल, राजकुमा राई, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, विकाश चौधरी, अमृत भारती, अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाई, शान्तीप्रिय, गीता अधिकारी, तारादेवि लिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराई लगायतले सम्मान ग्रहण गर्नुभएको कुरा संघका सचिव लिलाधर भट्टराईले जानकारी गराउनु भएको छ ।
नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनकबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित ब्यक्तित्वहरु आआफ्नो विद्यामा स्थापित छन् ।

