राष्ट्रसेवकको तलब र बिकास निर्माणको बजेट कटाएर अयोग्य लडाकुलाई रकम दिन मिल्दैन : नगरप्रमुख शेर्पा



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले राष्ट्रसेवाक कर्मचारीको तलब र जनताको प्रत्यक्ष सरोकारको बिषय बिकास निर्माणको बजेट नै कटाएर अयोग्य लडाकुलाई रकम दिन नमिल्ने बताएका छन् ।

लक्ष्य अनुसार राजश्व संकलन नहुदां सरकारलाइ चालु खर्च धान्न मुस्किल र कर्मचारीलाई तलब खुवाउनै धौ धौ परिरहेका बेला माओवादीका अयोग्य लडाकुलाई २/२ लाख उपलब्ध गराउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै शनिबार सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन्।

जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख समेत रहेका सभापति शेर्पाले सरकारसंग प्रश्न गर्दै भनेका छन्,- ‘बजेट अभावका कारण प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने बित्तीय समानीकरणको अन्तिम किस्ताको ५०% बजेट कटौती गरिरहेका बेला अयोग्य लडाकुलाई २/२ लाख दिने पैसा कहाँबाट आयो ?’

उनले फेसबुकमा भनेका छन्-

लक्ष्य अनुसार राजश्व संकलन नहुदां सरकारलाइ चालु खर्च धान्न मुस्किल, कर्मचारी तलब खुवाउनै धौ धौ। कहिले कहीं त्यस्तो हुन्छ ।
२. बजेट अभावका कारण चालु आर्थिक बर्षमा प्रदेश र स्थानीय तहलाइ उपलब्ध गर्नु पर्ने बित्तिय समनीकरणको अन्तिम किस्ताको ५०% बजेट कटौती। सचिकै देशको अर्थतन्त्र त्यो अवस्थामा पुगेको हो भने यो पनि मनौंला ।
३. यहि बेला माओवादी अयोग्य लडाकुलाइ जनही २/ २ लाख दिने, होइन यो पैसा कहांबाट आयो? कि राष्ट्रसेवाक कर्मचारीको तलब र जनताको प्रत्यक्ष सरोकारको बिषय बिकास निर्माणको बजेट नै कटाएर अयोग्य लडाकुलाई खुवाउने हो? त्यसो गर्न पनि मिल्छ र ?
४. द्वन्द्वकालमा क्यान्टोनमेन्टमा बसेको लडाकुको नाममा गएको चेक थुते जसरी अब फेरी कति चेक अयोग्य लडाकुबाट थुत्ने हुन ? यो त अलि मिलेन है सरकार । file foto

प्रतिक्रिया दिनुहोस्