पूर्बराजा ज्ञानेन्द्रको सम्बाद सचिवालयले भन्यो,-‘ निराधार कपोल्कल्पीत भ्रमजालबाट मुक्त रहनु’
काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले निराधार कपोल्कल्पीत भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गरेको छ।

पूर्बयुवराज्ञी हिमानीले सामाजिक सञ्जालमा आफुबिरुद्द अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्बराजपरिवार बिरुद्ध कडा आक्रोश व्यक्त गरेको भोलिपल्ट पूर्वराजा, रानी र युवराज्ञीले सामाजिक सञ्जाल चलाउने नगरेको स्पष्ट गर्दै त्यस्तो आग्रह गरेको हो।
शुक्रबार सूचना प्रकाशित गरी सम्वाद सचिवालयले भनेको छ, ‘श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार तथा श्री ५ युवराज्ञी सरकारबाट कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा पुनः जानकारी गराईन्छ। यस्तो निराधार कपोल्कल्पीत भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्थार मर्यादामा आँच नपुर्याउन अनुरोध गरिन्छ।’
सम्वाद सचिवालयले यस सम्बन्धमा सो सचिवालयबाट मिति २०७८ मंसिर २३ मा समेत खण्डन भइसकेको स्मरण गराएको छ।ओलीले आफुबिरुद्द भएको आक्रमणलाई हिमानीले जनताबाट भएको भनेर ट्विट गरेको आरोप लगाएका थिए।
एमाले अध्यक्ष ओलीमाथी बुधबार उनकै गृहजिल्ला झापामा आक्रमण प्रयास भएको थियो।सत्तारुढ गठबन्धनका कार्यकर्ताको घुसपैठमा अध्यक्ष ओलीमाथि आक्रमण भएको एमालेको आरोप छ।आज बसेको प्रतिनिधिसभाको बैठकमा समेत उपाध्यक्ष बिष्णु पौडेलले सो आक्रमणका सन्दर्भमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताएका थिए।

