त्यागको कुरा गरेर ब्याज,स्याज उठाई सकेका नेताहरु मिटर ब्याज दावी गर्न थाले,त्यो सह्य छैन : स्वर्णिम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले राजनीतिक दलका नेताहरूले त्यागका कुरा गरेर नागरिकलाई ठग्न नमिल्ने बताएका छन् ।

तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेले बुधबार मुग्लिनमा आयोजित धन्यवाद सभामा बोल्दै सो कुरा बताएका हुन्।त्यागका कुरा गरेर ब्याज,स्याज उठाईसकेका नेताहरूले मिटर ब्याजको दावी गर्न थालेपछि सोच्नुपर्ने पर्ने बेला आयो। साथीहरू अहिले पनि ब्याजका कुरा गर्नुहुन्छ, त्यागका कुरा गर्नुहुन्छ । ब्याजसम्म हामीले बेहोर्न सक्थ्यौँ होला । ब्याजको स्याज पनि अलि उदार भएर बेहोर्न सक्थ्यौँ होला । तर, अब मिटरब्याज नै दाबी गर्न थाल्नुभएपछि हामीले पनि सचेत गराउनुपर्छ,” उनले भने ।
अब आफूहरू नागरिकको राजनीतिक र आर्थिक भविष्य बन्धकी बनाउन नदिने पनि उनले बताए।

