समुदायसंग नेचासल्यान प्रहरीको चियापान



सोलुखुम्बु। ईलाका प्रहरी कार्यालय नेचाले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत समुदायसंग चियापान कार्यक्रम गरेको छ।

क्रिएटिभ सोसियल युथ क्लबको भवन सोमबार आयोजित कार्यक्रममा स्थानीय समुदाय र प्रहरीबीच बिबिध बिषयमा अन्तरक्रिया गरिएको क्लबका सचिब पुण्यप्रसाद कटेलले जानकारी दिए।

अन्तरक्रियामा इलाका प्रहरी कार्यालय नेचासल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक महेन्द्र पराजुलीले स्थानीय स्तरको समसामयिक शान्ति सुरक्षा, महिला हिंसा,चोरी,आत्महत्या तथा न्युनीकरणका बिषयमा प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनुहोस्