पहिलेको भन्दा ६ हजार बढी मतले रबि लामिछाने बिजयी, ४३ हजार २५ मतको मतान्तर



भरतपुर।चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले ५४ हजार २७६ मतसहित विजयी भएका छन् ।उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गरेका छन् । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गरेका छन् । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्