बिश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त, पक्षमा २४ विपक्षमा ३१ मत



पोखरा ।बिश्वासको मत प्राप्त गर्न नसकेपछि
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएसंगै पुनः बिश्वासको मत लिन बाध्य भएका अधिकारीले शनिबार ६० प्रदेशसभा सदस्यमा २४ जनाको मात्र समर्थन प्राप्त गरेका थिए ।

विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए ।मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।

अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्