एसीसी प्रिमियर कपमा ओमानमाथि नेपालको सानदार जित



काठमाडौं। एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गतको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित निकालेको हो। नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो।

४६.३ ओभरमा ९औँ विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन नसकेपछि नेपाल स्वत: विजयी बन्याे।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले अलराउन्डर कुशल मल्लको शतकप्रेरित ओमानविरुद्ध ३११ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले कीर्तिपुरमै भएको पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा २९७ रन बनाउनु नै अहिलेसम्मको ठूलो योगफल थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निराशाजनक सुरुवात गरे पनि कुशलले मध्यक्रममा शतक बनाएपछि नेपालले निर्धारित ५० ओभर आठ विकेट गुमाएर ३१० रनको योगफल खडा गरेको थियो ।

रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको नेपालले ७२ रनमा शीर्ष चार ब्याटरलाई गुमाएको थियो । ७२–४ को कठिन अवस्थामा कुशलले आरिफ शेखसँग ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

यस्तै सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे। ४८ बल खेलेका उनले ९ चौका प्रहार गरे। भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९ रन जोडे।

ओमानका लागि महोमद नदिमले सर्वाधिक ६५ रन बनाए। सन्दीप गौडले ४६ रन बनाउँदा ओपनर कक्षेप प्रजापतिले २५ रन जोडे।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्