आफन्तको श्राद्दमा गएका तीन जना सप्तकोसीमा डुबेर बेपत्ता, एकजनाको शब भेटियो,दुइको खोजी जारी



इनरुवा।सप्तकोशीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ। आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए।

नदीमा बेपत्ता भएकामध्ये झापा दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। बेपत्ता भएका दमक–९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी¬–७ का १८ वर्षीय राज गुरागाईंको खोजी भइरहेको उनले बताए।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्