एमाले खोटाङको जिल्ला कमिटी बैठक सम्पन्न, प्रदेशसभा सदस्य राईमाथि भएको दुर्ब्यबहारप्रति खेद व्यक्त
दिक्तेल।नेकपा एमाले जिल्ला कमिटी खोटाङको बैठक सम्पन्न भएको छ।नेकपा एमालेद्वारा संचालित मिसन ग्रासरुट अभियानका केन्द्रीय प्रतिनिधि तथा प्रतिनिधिसभा सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा शनिबार बैठक सम्पन्न भएको हो।
पार्टी जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दङ्गालको अध्यक्षतामा भएको बैठकमा जिल्लास्थित दसवटै पालिका कमिटीका प्रतिनिधिहरुले मिसन ग्रासरुट कार्यक्रमको प्रतिबेदन, पार्टी सदस्यता नवीकरण लगायतका बिषयमा प्रतिबेदन पेश गरेका थिए।
बैठकमा पार्टी केन्द्रीय सदस्यद्वय मानबीर राई र प्रशुराम अधिकारी सहित कोशी प्रदेश कमिटी सदस्यहरुले आ-आफ्नो प्रशिक्षणात्मक व्यक्त गरेका थिए !
बैठकले पार्टी नेता तथा कोशि प्रदेशसभा सदस्य पाँचकर्ण राई माथि जिल्ला समन्वय समिति खोटाङको जिल्लासभा जस्तो गरिमामय स्थानमा नै पहिचानबादी भनिएकाहरुबाट दुर्ब्याबहारको प्रयास गरेकोप्रति खेद प्रकट गर्ने निर्णय समेत गरेको छ।