खुम्बु पासाङल्हामु गाउँपालिकामा कुकुर बन्ध्याकरण तथा रेविजबिरुद्धको खोप अभियान सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिकाभित्र हिमालयन एनिमल रेष्टुरेन्ट पोखरा र खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक तथा घरपालुवा कुकुरलाई बन्ध्याकरण साथै रेबिज बिरुद्धको खोप अभियान सञ्चालन भएको छ ।
आव २०७९/८० को कार्यक्रम अनुसार चैत २८ गतेबाट शिबिर सुरु भएर ८० बैशाख १७ गते सम्म सञ्चालन हुने पशु शाखा प्राविधिक भेषबहादुर घिमिरेले जानकारी दिनुभयो ।आव ०७७/०७८ बाट सञ्चालन भएको शिबिर बर्षमा एकपटक सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ।
लुक्लाबाट सुरु भएको शिबिर फाङ्दिङ,मञ्जु,खुम्जुङ पाङ्बोचे,चौरीखर्क,बुंसा हुँदै खरिखोलामा सम्पन्न हुने बताईएको छ।प्राणघातक रेविज रोग उन्मुलन गर्ने उद्देश्यले खुम्बु पासङ ल्हामु गाउँपालिका प्रबक्ता लाक्पाछिरी शेर्पाले बताए।