गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत ‘परदेशबाट म आको’ सार्वजनिक



काठमाडौ।गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत ‘परदेसबाट म आको’ सार्वजनिक भएको छ । आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओह्राली, साथी संगी, बजार हाटका सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरूको मनमा डेरा जमाएकै हुन्छ । यिनै कुराहरूको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी शेर्पाको शब्द, गायक तथा सङ्गीत अशोक मुकारुङले लय भर्नुभएको छ ।

स्वयं गीतकार शेर्पाको स्वरमा रेकड भएको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडिस योगेन मुकारुङ र मिक्सिङ राजु कार्कीले गर्नुभएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेवा इन्टरटेन्डमेन्ट’मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा योगेन मुकारुङको छायाँकन र जीवन मुकारुङको सम्पादन छ ।

भोजपुर जिल्लाको भाम्राङमा जन्मिनुभएका गायक तथा गीतकार वाङदी सेर्पा, आफ्नो अध्यन र ब्याबसायको शीलशिलामा केही समय धरान बसाइपछि, बिगत दुई दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्