सिंहदरबार भित्रै लाग्न थाल्यो फोहोरको थुप्रो



काठमाडौँ ।मुलुककै प्रमुख प्रशासनिक निकाय रहेको सिंहदरबारमा फोहोर थुप्रीन थालेको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि आइतवारबाट उठ्न छोडेको सिंहदरबारको फाहोर आज पनि नउठेपछी सिंहदरबारमा फोहोर थुप्रीन थालेको हो।

संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर शाहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

आइतबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए।

उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले उनको विरोध गरेका छन्। राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर शाहको विरोध गरेका हुन्।

आइतबारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमबार पनि उठेको छैन। सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्