जमरकट्टेल बन्धुहरुको बनभोज कार्यक्रम सम्पन्न, २५ सदस्यीय सचिवालय गठन



काठमाडौं।सोलुखुम्बु जिल्लाबाट काठमाडौं उपत्यकमा आई बसोबास गर्ने कटेल (जमरकट्टेल) बन्धुहरुको बनभोज कार्यक्रम सम्पन्न भएको छ।भक्तपुर जिल्लाको मध्यपुर नगरपालिकास्थित बोडे टिगनीको निलबाराही रिसोर्टमा शनिबार सम्पन्न बनभोजमा कटेल बन्धुहरुको उल्लेखनीय उपस्थिति रहेको बताईएको छ।

८१ बर्षीय प्रभुनाथ कटेलबाट पितृको नाममा पानसमा बत्ती बालेर तथा स्वस्ती बाचन गरेर शुभारम्भ गरिएको बनभोज कार्यक्रमको सहजीकरण कुमार कटेलले गरेका थिए।कटेल बन्धुहरुबीच भेटघाट र भाईचारा बढाउने उद्देश्यले आयोजना गरिएको बनभोज कार्यक्रममा जमरकटेल बन्धुहरुको कुल परम्पराको संरक्षण र निरन्तरताका सन्दर्भमा बन्धुहरुको बिचार संकलन समेत गरिएको थियो ।

नगेन्द्रकुमार शर्माले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा मोहन शर्मा कटेल,बोगराज कटेल,ठगेन्द्र कटेल,दिपेन्द्र कटेल,बोधराज कटेल,निलकण्ठ कटेल,सन्तोष कटेल,अबिकेशर कटेलले जमरकटेल समाजको ब्यबस्थापन र सम्बर्द्धनका बिषयमा आ-आफ्नो धारणा राखेको कटेलले जानकारी दिए।कार्यक्रमको समापन मित्रलाल कटेलले गरेका थिए।

उनका अनुसार बनभोज कार्यक्रममा छुटेका बन्धुहरुको बिचार समाबेश गर्न तथा इच्छुक बन्धुहरुलाई पछि थप्ने गरि २५ सदस्यीय सचिवालय समेत गठन गरिएको छ।सचिवालयमा मित्रलाल कटेल,बोधराज कटेल,कुमार कटेल,चेतनाथ कटेल,तारानाथ कटेल,सन्तोष कटेल,युवराज कटेल र प्रज्वल कटेल छन् ।

यसैगरी,डिल्लीराम कटेल,रोहित कुमार कटेल,अबिकेशर कटेल,पुष्पलता कटेल,दिब्यराज कटेल,घनकुमारी कटेल,धनप्रसाद कटेल,दिब्यराज कटेल,बासु शर्मा,हरीप्रसाद कटेल,एकराज शर्मा कटेल,बलराम कटेल,नारदमणि कटेल,जानुका कटेल,माधव कटेल,सरोज कटेल,पार्बता कटेल पनि सचिवालयमा छन् ।

औपचारिक संस्थाको रुपमा परिणत नहुञ्जेल नवगठित सचिवालयले बन्धुहरुसंग समन्वयका लागि सहजीकरण गर्ने र सम्पूर्ण बन्धुहरुसंगको भेटघाट र छलफल पछि यसलाई संस्थागत रूपमा अघि बढाइने कटेलले बताए ।सोलुखुम्बुको नेचासल्यान,मोरङ र अन्य ठाउँमा दर्ता रहेका जमरकट्टेलसंग सम्बन्धित संस्थाहरुसंग समन्वय गरि कस्तो मोडलमा जाने भन्ने निर्णय सचिवालयले गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्