एभिएसको बार्षिक अभिभाबक दिवस तथा बृहत सास्कृतिक कायक्रम सम्पन्न



मन्दिरा पौडेल,काठमाडौं। एभिएस विद्यालयको बार्षिक अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

अन्नपुर्ण विनायक बिद्यालय काठमाडौ नगरपालिका-९ गैरीगाउँ तिनकुनेद्वारा शनिबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै ज्ञानबर्द्दक र मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो।

पोखरा बिश्वविद्यालयका पूर्व कुलपति तथा नेपाल प्राध्यापक संघका पुर्व केन्द्रीय अध्यक्ष प्राध्यापक खगेन्द्र प्रसाद भट्टराई,बानेश्वर क्याम्पस शान्तिनगर काठमाडौका क्याम्पस प्रमुख घनश्याम खड्का काठमाडौं महानगरपालिका शिक्षा बिभाग बिद्यालय निरीक्षक लगायतको उपस्थिति रहेको कार्यक्रममा पीजी /प्ले ग्रुपदेखि ९ सम्मका बिद्यार्थीहरुको rymes मोड्लिंग/लोक संस्कृति झल्किने नृत्य तथा गायन, बिषयबस्तुमा आधारित हाँस्यब्यंग्यका साथै अभिभाबक सम्मान कार्यक्रम गरिएको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिभुवन शिक्षा संकाय पर्व डिन लक्ष्मी नारायण चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिद्यार्थी, अभिभाबक, स्थानीय व्यक्ति साथै समाजसेबीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिद्यालयले बालबालिकाहरुमा प्रतिभालाई प्रस्फुटन गराउन ,बालबालिकाहरुमा आत्मबिश्वास बढाउने र ब्यबहारिक ज्ञानको अनुभब दिलाउने बिषयलाई प्राथमिकता दिंदै आएको कार्यक्रममा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्