कोशी प्रदेश नामाकरण विवादमा तत्काल संबाद गर्न माओवादी केन्द्रको आग्रह



काठमाडौं।नेकपा माओवादी केन्द्रले प्रदेश नामाकरणपछि भएका असन्तुष्ट पक्षधरसंग सम्बाद गरि शान्तिपूर्ण ढंगबाट माग सम्बोधन गर्न मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ।

पूर्ब प्रदेश अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सामाजिक संजालमा स्टाटस लेख्दै मुख्यमन्त्री मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएका हुन्।

‘फेरि पनि प्रदेश सरकार (मुख्यमन्त्री) सङ्ग मेरो आग्रह छ । सडकमा देखिएको असन्तुष्टिलाई शान्तिपूर्ण ढंगले वार्ता सम्बाद बाटै समाधान गर्न तत्काल पहल होस्,’ उनले भनेका छन्, ‘अबिलम्ब बार्ता टोलि गठन गरि सम्बादको सुरुवात गरियोस्।

गत फागुन १७ गतेको प्रदेशसभा बैठकले प्रदेश– १ को नाम बहुमत सदस्यले कोशी पारित गरेको थियो । जसमा माओवादी केन्द्रले पनि सहमति जनाएको थियो । तर उक्त नामप्रति असन्तुष्टि जनाउँदै प्रदेशका पहिचानवादी दल तथा विभिन्न जातिय संस्थाहरुले राजधानी लगायत प्रदेशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन् ।उक्त आन्दोलनमा परि एक आन्दोलनकारीको मृत्युसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्