क्रिकेटर कंडेल र राजबंशीलाई कोशी प्रदेश सरकारले सम्मान गर्ने



बिराटनगर। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नेपाली क्रिकेट टिमका ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ ।

कोशी प्रदेश खेलकुद विकास वोर्डको सोमबार बसेको बैठकले नेपाली क्रिकेट ईतिहासमा अविष्मरणिय प्रतियोगितामा नेपालको नाम उच्च स्थानमा पुर्‍याउन सफल टोलिका तर्फबाट कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा बसेको बैठकले नेपाली क्रिकेटको यु-१९ का उपकप्तान दिपेश कँडेल तथा नेपाली क्रिकेटमा विश्वकप छनौट खेलसम्म पुर्‍याउन सफल ललित राजवंशीलाई प्रशंसा स्वरुप प्रदेश सरकारकातर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैंया प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश अन्तर्गत रहेका अन्य खेलकुदका कार्यक्रम तत्काल संचालनका लागि निर्देशन समेत दिएको छ । त्यस्तै बैठकले खोटाङ्गका अल्ट्रा धाविका प्रिया राईलाई समेत सम्मान गर्ने निर्णय गरेको छ ।

मन्त्रालयमा बसेको बैठकले प्रदेश अन्तर्गत हुने बिभिन्न खेलकुदका गतिबिधिलाई चुस्त र दुरुस्त बनाई खेलाडीहरुलाई खेलप्रतिको विश्वास दिलाउन आवश्यक योजना बनाई कार्य अगाडी बढाउन मन्त्री राजभण्डारीले निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्