८ औं नेपाल-पाकिस्तान फ्रेन्डसीप टी-ट्वान्टी क्रीकेट प्रतियोगिता-2023 सम्पन्न



काठमाडौं ।८ औं नेपाल-पाकिस्तान फ्रेन्डसीप टी-ट्वान्टी प्रतियोगिता-2023 सम्पन्न भएको छ।

पाकिस्तानी दूतावासको आयोजनामा गत फागुन २६ गतेबाट सुरु प्रतियोगितामा १२ टीमको सहभागिता रहेको थियो।प्रतियोगितामा पल्सर क्रीकेट एस्किलेन्स सेन्टर काठमाडौं बिजेता र पाकिस्तानी दूतावासको टीम उपबिजेता भएका थिए।

बिजेताहरुलाई आज आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्ब परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले पुरस्कार बितरण गर्नुभएको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ।समारोहमा नेपालका लागि चिनियाँ राजदूत चेन संग लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्