नेपाल एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पुग्न सफल



काठमाडौं।नेपाल एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेट छनोटमा पुगेको हो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएर जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी भयो । नेपालका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे। जसमा भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भूर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्