थुलुङ दुधकोशीलाई खेलकुदको प्रमुख केन्द्र बनाउने अध्यक्ष राईको उद्घोष



सोलुखुम्बु।नेचासल्यान-२ ले पुरुष तर्फ दोस्रोपटक थुलुङ दुधकोशी अध्यक्ष रनिङ शिल्ड कब्जा गरेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सोताङ-३ लाई पराजित गर्दै नेचासल्यानले उपाधी जितेको हो । उसले नगद एक लाखको साथमा शिल्ड, मेडल र प्रमाण पत्र पाप्त गरेको छ ।

उपबिजेता सोताङले नगद पचहत्तर हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सोताङ १ लाई पराजित गर्दै तृतीय स्थान ओगट्न सफल थुलुङ-७ ले नगद पचास हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै महिला तर्फ महाकुलुङ गाउँपालिकाले उपाधी जित्दै अध्यक्ष रनिङ शिल्डको साथमा एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । माप्यदुधकोशी- ५ काकुलाइ हराउदै महाकुलुङले उपाधी जितेको हो । यस्तै थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिम तृतीय भएको छ । दोस्रो र तेस्रो हुने समूहले नगद क्रमशः पचहत्तर हजार, पचास हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

महिला तर्फ महाकुलुङकी लक्ष्मी कुलुङ र पुरुष तर्फ नेचासल्यान-२ का राजेश प्रधान उत्कृष्ट खेलाडी बनेका छन । प्रतियोगितामा पुरुष तर्फ १८ समुह र महिला तर्फ ८ समुहको सहभागीताको रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

यस्तै टेबलटेनिस प्रतियोगितामा सहदेब राई प्रथम, दिपक भट्टराई द्वितीय र हेमराज राई र प्रणय राई तृतीय हुनुभएको छ । स्थान ओगट्न सफल खेलाडीले नगद ४ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

यस्तै पुरुष डबल व्याटमिन्टन प्रतियोगितामा सगुन कार्की र किरण राई प्रथम, खेमराज खड्का र ज्ञानु राई द्वितीय हुनुभएको छ प्रवक्ता कार्कीले जानकारी दिनुभयो । यस्तै सोही प्रतियोगितामा विज्ञान राई र भिमराज राई तथा रमेश राई र सुजन राई तृतीय हुनुभएको छ । बिजयी खेलाडीले क्रमशः नगद १० हजार, ८ हजार र ६ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

एकल महिला व्यटमिन्टन प्रतियोगितामा भने मनिका राई प्रथम हुनुभएको छ भने सरस्वती राई द्वितीय हुनुभएको आयोजकले जानकारी दिएको छ । यस्तै विशुमाया राई र रामकुमारी राई तृतीय हुनुभएको छ । यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल प्रतियोगीले नगद ५ हजार, ४ हजार र ३ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकाछ्न ।

यी सबै प्रतियोगितामा प्रथम हुने खेलाडीले भने ट्रफी समेत हात पारेको छ । फागुन १ गते उद्घाटन गरिएको कार्यक्रमको शनिबार समापन गरिएको छ । शनिबार पुरस्कार वितरण सङ्गै साङ्गितिक साझका साथमा कार्यक्रम समापन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले भौतिक पुर्बाधारसङ्गै सामाजिक विकास पनि उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो । खेलाडी तथा कलाकार राष्ट्रको गौरव भएकाले गाउँपालिकाले सो क्षेत्रमा समेत उत्तिकै महत्वका साथ काम गरिरहेको बताउनुभयो ।

थुलुङ दुधकोशीलाई खेलकुदको प्रमुख केन्द्र बनाउने गरि काम गरिएको भन्दै अध्यक्ष राईले समानुपातिक विकासमा ध्यान दिइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्