सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

वडा नं-७ गार्मास्थित गार्मा माविमा शुक्रबारबाट सुरु प्रतियोगिताको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला र मेयर नाम्गेल जांबु शेर्पाले उद्घाटन गरेका हुन् ।
नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी प्रतियोगिताको उद्घाटन सत्रमा समन्वय प्रमुख निरौला, नगरप्रमुख शेर्पा,प्रमुख जिल्ला अधिकारी बसन्त कुमार भट्टराई उपमेयर गान्धिमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत कोपिला राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम वडाध्यक्ष तथा गार्मा मावि व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्