थुलुङदुधकोशीले फागुन १-६ सम्म चौथो अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने



सोलुखुम्बु।जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाले फाल्गुन १ गतेदेखि ६ गतेसम्म चौथो अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिबल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७९ साथै सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

खेलकूदको माध्यमबाट समाजमा आपसी सद्भाव,सहिष्णुता र हार्दिककतालाई कायम राख्दै युवाहरूमा भएको खेल प्रतिभा उजागर गर्दै राष्ट्रिय/अन्तरास्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

जिल्लास्तरीय अन्तर वडा प्रतियोगिताको रूपमा खेलाईने जनाउँदै अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिबल प्रतियोगिताका प्रथम हुने टिमलाई नगद १ लाखका साथमा शिल्ड,मेडल र प्रमाणपत्र तथा द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद ७५ हजार र ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ।नगद पुरस्कार २५% करसहित रहेको गाउँपालिकाले जनाएको छ।

भलिबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि पुरुष/महिला प्रतिस्पर्धीहरुले ५ हजार नगद बुझाएर माघ २७ गतेसम्म टिम दर्ता गर्नुपर्ने पालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

हेर्नुस्,गाउँपालिकाद्वारा प्रकाशित सूचना

प्रतिक्रिया दिनुहोस्