‘केपी ओली’ कप फूटबल आयोजना हुने



काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले ‘केपी ओली’ कप फूटबल आयोजना गर्ने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार पत्रकार सम्मलेनको आयोजना गरी संघले फागुन ११ गतेदेखि दशरथ रंगशालामा कप आयोजना हुने जानकारी गराएको हो।

अध्यक्ष किरण पौडेलले पछिल्लो समय प्रमुख समस्याको रुपमा देखापरेको खेलाडी पलायन रोक्न र फुटबल खेलेरै बाँच्न पाउने अवस्था बनाउन सहयोग गर्न काठमाडौंमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

पार्टी अध्यक्ष केपी ओली युवा संघको संस्थापक अध्यक्ष भएका कारण उहाँको नाममा प्रतियोगिता गर्न लागिएको जानकारी दिंदै पौडेलले प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख नगद पाउने जानकारी दिए। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदीयमान खेलाडीलाई ५० प्रदान गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्