प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह सुरु



काठमाडौं।प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह सुरु भएको छ।
मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका-१२ अध्यक्ष शम्भुप्रसाद भट्टराई तथा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको आतिथ्यतामा सप्ताहको औपचारिक ऊद्घाटन गरिएको हो।

सो खेलकुद सप्ताह माघ ७ गते शनिबारसम्म संचालन हुनेछ।खेलकुद सप्ताहमा खेलहरु विद्यालय परिसर र फुटसलमा समेत संचालन गरिने र विभिन्न २० प्रकारका बिधामा ५२ ईभेन्ट्स हुने प्रिन्सिपल समिर बास्तोलाले जानकारी दिए। प्रत्येक वर्ष आयोजना गरिंदै आएको यो प्रकारको खेल सप्ताह कोभिड प्रभावका कारण १ वर्ष रोकिएको थियो। सप्ताहको यो १५ औं संस्करण हो।

सके सम्म समुह खेललाइ आधार मानि सोही प्रकारका धेरै खेलहरु समावेश गरि संचालन गर्न लागिएको समेत प्रिन्सिपल बास्तोलाले वताए। खेल सप्ताहका लागी केही अगाडी देखि नै धेरै अभ्यास खेल संचालन गरिएको उनको भनाइ छ।

शनिवार सम्पन्न हुने खेल सप्ताहमा यस पटक अभिभावकका लागि समेत शुक्रवार र शनिवार केही खेल प्रतियोगीताहरु राखिएको छ। यस सप्ताहमा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा सदनलाई एक विशेस कार्यक्रम गरि पदक प्रमाणपत्र र ट्रफी वितरण गरिने समेत आयोजकले वताएको छ।

उद्घाटन कार्यक्रमको अध्यक्षता मुरारी प्रसाद भण्डारीले गरेका थिए भने प्रिन्सिपल बास्तोलाको धन्यवाद ज्ञापनको साथ कार्यक्रम समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्