राजमो र नेमकिपामात्रै प्रतिपक्षमा



काठमाडौँ। राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिश्वासको मत नदिने भएका छन् ।

संघीय संसद प्रतिनिधिसभामा एक/एक जना सांसद रहेका ती दुई दलले दाहाल नेतृत्वको सरकारलाई बिश्वासको मत नदिने जानकारी गराएका हुन्।राजमोबाट अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाबाट प्रेम सुवाल प्रतिनिधिसभा सदस्य छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले मागेको बिश्वासको मतका सम्बन्धमा भएको छलफलमा राजमो अध्यक्ष केसीले सबै पार्टीहरु सत्तामा जाने अनौठो चलन यसपटकको संसद्‌मा देखिएको भए पनि आफ्नो पार्टी एक्लै भए पनि प्रतिपक्षमा बस्ने जानकारी दिए।

आफ्ना गल्ती ढाकछोप लुकाउन सबै सत्तामा रहेको हुनसक्ने उल्लेख गर्दै केसीले मंगलबार संसद्‌मा भने,-‘राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्छ।’

यसअघि नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सरकारको विपक्षमा बस्ने जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्