कथाकार निशा केसीको लघुकथा सङग्रह’ओजन’ लोकार्पण



काठमाडौं। कथाकार निशा केसीको लघुकथा सङग्रह ‘ओजन’को लोकार्पण गरिएको छ।

नेपाल स्रष्टा समाज काठमाडौको आयोजनामा सेलिब्रेसन हाइट काठमाडौंमा उक्त कृतिको लोकार्पण प्रमुख अतिथि समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम लगायतका साहित्यकारहरूले गरेका हुन्। उक्त कृतिमाथि कवि ,कथाकार विवश पोखरेलले समीक्षात्मक टिप्पणी गरेका थिए भने कृति बारे शुभकामनासहित समालोचक प्रा.डा. ज्ञानु पाण्डे ,लघुकथा समाजका अध्यक्ष गोपाल अश्क, कथाकार निशा केसी प्रमुख अतिथि प्राडा गौतम , समारोहका सभापति नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले शुभकामनासहित सङ्ग्रहभित्रका कथाबारे आफ्नो धारणा राखेका थिए ।

ओजन सङ्ग्रहभित्र असी लघुकथा समावेश रहेको, विषयवस्तुको विविधतासँगै हाम्रा जीवन र समयका यथार्थलाई कथाकारले लघुकथामा कलात्मक रूपमा प्रस्तुत गरेको र कथाहरू बिम्बात्मक र प्रतीकात्मक रहेको, कथाहरूले पाठक मनलाई सहजै प्रभाव पार्ने विचार अतिथि साहित्यकारहरूको थियो । समारोहको सन्चालन मधु गरेका थिए भने अतिथिहरूको स्वागत डा . षडानन्द कंडेलले गरे । उक्त समारोहमा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्