कुसुम घिमिरेका चार मुक्तक




मुक्तक १
ल ! तलैबाट खुट्टा तान्न खोज्नेलाई शुभकामना
पछाडिबाट छुरा हान्न खोज्नेलाई शुभकामना
महासय मेरो प्रगति मेरै इमान्दारीता हो बुझ्नु,
र कमीकमजोरी जान्न खोज्नेलाई शुभकामना ।
मुक्तक २
हरेक महिना म बिरामी जस्तो हुनुपर्दा दुःखी छु
सहन नसकेर अत्यधिक दुखाई रुनुपर्दा दुःखी छु
अरु महिना त सहन्थेँ म चित्त बुझाएर भएपनि,
जन्मदिनको दिन आँशुले मुख धुनुपर्दा दुःखी छु ।
मुक्तक ३
देखावटी रहेछ दुनियाँ मायाँ गरेझैँ गरिदिन्छ
मेरै निम्ति ती आँखामा आँशु झरेझैँ गरिदिन्छ
मलाई छट्पटी हुँदा मेरो पीडामा सामेल भएझैँ,
भित्रभित्रै रमाएर बाहिर पिरमा परेझैँ गरिदिन्छ ।
मुक्तक ४
तिमीमा हिम्मत नभए ग्लुकोज पानी पिएर सुन्नु
अत्यावश्यक एउटा कुरा भन्छु ध्यान दिएर सुन्नु
दुईचार पैसाका लागि कसैको भर परेकी छैन,
स्वागत छ मेरो परिवारसँग प्रमाण लिएर सुन्नु ।
दोलखा(हाल:भक्तपुर)
(मुक्तककार घिमिरे स्वयं नेत्रहिन संघकाे सह-सचिव हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्