क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने



काठमाडौं।चर्चित क्रिकेटर सन्दीप लामिछाने रिहा हुने भएका छन्।

काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो।

न्यायाधीश ध्रूवराज नन्द र रमेश ढकालको इजालशले यस्तो आदेश गरेको हो। नाबालिका किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्