एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्बसम्मत



काठमाडौं।नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ ।

कमलादीमा रहेकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा आज मङ्गलवार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हाे । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो ।

एमाले ७८ सिटसहित प्रतिनिधि सभामा दोस्रो पार्टीको रूपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्