नेपाल बर्बादीतर्फ गइ रहेको भन्दै ओलीले भने- ‘अब नयाँ संकल्पसहित अघि बढनुपर्छ’
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सच्चा जनप्रतिनिधिको रूपमा संसदभित्र र बाहिर पनि वैचारिक रुपमा स्पष्ट र योजनावद्ध ढंगले अघि बढ्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन्।

नवनिर्वाचित सांसदहरूलाई बधाई दिन मंगलवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले देश र जनताको हितबाहेक अरु केही पनि नहेर्ने भएकाले पार्टीका सांसदले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क समेत गरे।
‘देश बर्बादीतर्फ गईरहेको छ। यस्तो अवस्थामा हामी नयाँ संकल्पसहित अगाडि बढनुछ। हाम्रा प्रतिनिधिसभा सदस्यले साँच्चैको जनप्रतिनिधिले संसदमा कस्तो भूमिका खेल्नुपर्छ? बाहिर कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरामा अत्यन्तै गम्भिरतापूर्वक ध्यान दिनु र क्रियाशील हुनु जरुरी छ’, उनले भने ‘म हाम्रा सम्पूर्ण साथीहरुलाई त्यस भूमिकाका लागि अध्ययनशील हुन, योजनावद्ध ढंगले काम गर्न, दृढताका साथ, स्पष्टताका साथ प्रस्तुत हुन, टिम स्पिरिडमा दलका दलका निर्णय, पार्टीका नीति, पार्टीको निर्णय, दलका निर्णय, दलका अनुशासन, दलका आदेश, दलका निर्देश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन आग्रह गर्दछु।’
कार्यक्रममा गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई एमालेका सम्मानित गरिएको थियो।झापा– ५ बाट ५२ हजार ३१९ मतसहित ओली निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए।उनलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित गरेका हुन् ।सोही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सासदहरुलाई सामूहिक रुपमा अभिनन्दन गरिएको थियो।

