नाट्यश्वर म्युजिक अवार्डको तेस्रो संस्करणका उत्कृष्ट पाँच सार्वजनिक



काठमाडौं।नाट्यश्वर म्युजिक अवार्डको तेस्रो संस्करणका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । विगत दुई संस्करण भव्य र सभ्य रुपमा विशेष समारोहबीच सम्पन्न भएको यस अवार्डको तेस्रो संस्करणका उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । अवार्डमा विसं. २०७७ असार देखि ०७९ असार मसान्तसम्मका गीतबाट आवेदन दिएका गीत मध्ये उत्कृष्ट पाँच सार्वजनिक गरिएको कार्यक्रम निर्देशक किरण अधिकारीले जानकारी दिनुभयो ।

‘नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कला कालाकारिताको जर्गेना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको यो अवार्ड नेपालमा भइरहेका म्युजिक अवार्ड मध्ये छुट्टै इतिहास बोकेको अध्यक्ष प्रल्हाद केसी बताउनुहुन्छ ।

नाट्यश्वर कला केन्द्र तथा इभेन्ट म्यनेजमेन्टले आयोजना गरिरहको अवार्ड स्थापना कालमा बागमती प्रदेश स्तरिय भनिए पनि स्रष्टा सर्जकहरूको अनुरोधमा पहिलो अवार्ड नै राष्ट्रिय स्तरमा सम्पन्न गर्न सफल भएका थियो । अवार्डको पहिलो संस्करणमा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने दोस्रो संस्करण नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
पहिलो र दोस्रो अवार्ड सम्पन्न भएको केही वर्ष विशेष परिस्थिति तथा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण एवम् आयोजक समितिका कार्यक्रम निर्देशक अधिकारीको स्वास्थ्यमा आएको गम्भिर समस्याका कारण निर्धारित समयमा तेस्रो संस्करण गर्न नसकेको र यतिवेला नयाँ संस्करणको पूर्ण तयारी भएको आयोजकले जनाएको छ । उत्कृष्ट पाँचमा पर्न सफल हुनुभएका स्रष्टा/सर्जकलाई केही दिनमा प्रमाणपत्र वितरण र अवार्ड फाइनल इभेन्टको मिति तय गर्ने कार्यक्रम निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

अवार्ड समारोह देशकै विशिष्ट व्यक्तित्वको प्रमुख अतिथ्यतामा सम्पन्न गरिने र गीत संगीत क्षेत्रका मुधन्र्य स्रष्टालाई दीर्घ साधना विशेष सम्मान र कला क्षेत्रमा कलम चालउने पत्रकारलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्