सोताङ-४ ले गठन गर्यो संचार र खेलकुद बिकासका लागि दुई समिति
मिलन नाछिरिङ,सोताङ।सोताङ गाउँपालिकाको वडा वडा न- ४ ले वडाभित्र खेलकुद र सञ्चारको बिकासका लागि छुट्टाछुट्टै दुई समिति गठन गरेको छ।

वडा कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले नवीन नाछिरिङको संयोजकत्वमा पांच सदस्यीय खेलकुद बिभाग र प्रदीप नाछिरिङको संयोजकत्वमा पांच सदस्यीय संचार बिभाग गठन गरेको हो।
वडाध्यक्ष दीप बहादुर राईको विशेष उपस्थितिमा गठित संचार समितिलाई वडाको बिकास र समृद्धिका लागि आवश्यक पहलकदमी र प्रचारप्रसार गर्ने तथा खेलकुद बिभागलाई वडाभित्रका खेलाडीहरुको पहिचान गरी आवश्यक सामाग्रीहरु उपलब्ध गराउने र विभिन्न खेलकूद प्रतियोगितामा वडाको तर्फबाट सक्रिय सहभागी गराउने जिम्मेवारी दिइएको छ।

