कांग्रेस सोलुखुम्बुको कार्य सम्पादन समिति बैठक सम्पन्न,तीन सदस्यीय अनुशासन समिति गठन
सोलुखुम्बु। नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको कार्य सम्पादन समिति बैठकले गणेश बहादुर बस्नेतको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति गठन गरेको छ ।

सभापति नाम्गेल जाङबु शेर्पाको सभापतित्वमा शनिबार पार्टी कार्यालय सल्लेरीमा सम्पन्न बैठकले स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा पार्टीका उम्मेदवारहरुलाई हराउन भूमिका निर्बाह गर्ने नेता तथा कार्यकर्ताहरु उपर छानबिन गरी कारबाहीको सिफारिस गर्ने कार्यदेशसहित सो समिति गठन गरेको हो।समितिमा दावागेलु पाख्रिन र नवाकसिं राई
सदस्य रहेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।
समितिले निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई पराजित गर्न भुमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध उजुरी आव्हान गर्ने र त्यस उपर छानविन गरी पुष १५ गतेभित्र प्रदेश अनुशासन समितिमा प्रतिबेदन पेश गर्ने छ ।जिल्ला अनुशासन समितिले प्रदेश र प्रदेश अनुशासन समितिले केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्नुपर्ने कांग्रेसको बैधानिक ब्यबस्था छ।
सोही बैठकले पार्टीको एनसी वमेन लिडरसिप फोरम गठनका लागि नेतृ सरला नाछिरिङलाई जिम्मेवारी दिएको बताईएको छ।

