शिक्षिकाको निधनमा नेचासल्यानले भोलि शोक बिदा दिने



सोलुखुम्बु।नेचासल्याउन गाउँपालिकाले भोलि (शुक्रवार) शोक बिदा दिने भएको छ।

गाउँपालिकाको वडा नं-३ स्थित श्री कालिका आधारभूत बिद्यालयकी शिक्षिका तिलकुमारी दाहाल कटेलको निधनमा शोक मनाउन पालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुमा बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत लवुन राईले जानकारी दिए।

सोही बिद्यालयका प्रधानाध्यापक होम कटेलकी धर्मपत्नी तिलकुमारीको गए राती निधन भएको थियो।उनी झण्डै चार महिना अघिदेखि काठमाडौंको महाराजगन्जस्थित त्रिबि शिक्षण अस्पतालमा उपचाररत थिईन।उनका श्रीमान र चार छोरी छन्।उनलाई लामो समयदेखि मुटु सम्बन्धि समस्या थियो।

शिक्षिका कटेलको निधनले सिंगो गाउँपालिका स्तब्ध र मर्माहत भएको राईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।नेपाल शिक्षक संघ सोलुखुम्बुले पनि शिक्षिका शर्माको निधनप्रती गहिरो दु:ख व्यक्त गरेको छ।बिहिवार शोक बक्तब्य निकाल्दै शर्माले शर्माको निधनले शैक्षिक क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै शोकाकुल परिवारजनमा समबेदना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्