निर्बाचनपछि पहिलो पटक बस्दै सोलुखुम्बु कांग्रेसको बैठक,यस्तो छ कार्यसूची
सोलुखुम्बु।मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा पार्टीले गम्भीर पराजय ब्यहोरेपछि नेपाली कांग्रेस सोलुखुम्बुले पहिलो पटक कार्यसम्पादन समितिको बैठक आव्हान गरेको छ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य बल बहादुर केसी पक्षले पार्टी भित्रैबाट अन्तरघात भएको आरोप लगाई रहेका बेला नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले आगामी पुष २ गतेका लागि कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो।
निर्बाचनमा पार्टीले ब्यहोर्नु परेको पराजयको कारणबारे गम्भीर समिक्षा गरिनुका साथै पार्टीको कुनै जिम्मेवार नेता कार्यकर्ताबाट निर्बाचनमा असहयोग गर्ने काम भए त्यसको छानबिन र कारबाहीका लागि अनुशासन समिति गठन गर्ने बैठकको कार्यसूची रहेको बताईएको छ। बैठक जिल्ला पार्टी कार्यालय सल्लेरीमा बिहान ११ बजे बस्ने छ।

