नेपाल पत्रकार महासंघ सोलुखुम्बुको वार्षिक साधरणसभा सम्पन्न



सोलुखुम्बु।नेपाल पत्रकार महासंघ सोलुखुम्बुको १३ औं वार्षिक साधरण सभा सल्लेरीमा सम्पन्न भएको छ ।

पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा आइतबार सो साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले निष्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभयो । उहाँले जिल्लामा भएको भ्रष्टाचार, अनियमितता, विकृति र विसंगति विरुद्ध पत्रकारले कलम चाल्न आवश्यक रहेको बताउँनुभयो ।

यस्तै, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष श्रेष्ठले महासंघको भवन निर्माण गर्नको लागि जग्गाको खोजीमा रहेको भएपनि हालसम्म जग्गा प्राप्त नभएको बताउनुभयो । साथै आगामी दिनमा भवन निर्माणको लागि जग्गा व्यवस्थापनमा लाग्ने उहाँको भनाई छ ।

कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका पूर्वअध्यक्ष नारायण श्रेष्ठ, महासंघका पदाधिकारी, जिल्लामा क्रियासिल पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले समन्वय प्रमुख निरौलालाई मायाको चिनो समेत हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्