घनश्याम भुसालसहित यी नेतालाई गर्यो एमालेले कारबाही
काठमाडौं।नेकपा एमालेले पार्टीविरुद्धमा लाग्ने स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूलाई कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको स्थायी समिति बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। कारबाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह, केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी), केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी साह (कैलाली) रहेका छन् ।
समानुपातिकतर्फको बन्द सूचिमा नाम रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेकाले निजको नाम सूचिबाट हटाइएको छ ।

