जिसस प्रमुख निरौलाद्वारा तीनदिने तालिमको उद्घाटन
सोलुखुम्बु।सोलुखुम्बुमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) र वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA)सम्बन्धि ३ दिने अभिमुखीकरण तालिम सुरु भएको छ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले शुक्रबार सो तालिमको उद्घाटन गर्नुभएको हो।जिल्ला समन्वय समिति सोलुखुम्बुको आयोजना र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सहजीकरणमा सुरु उक्त तालिममा स्थानीय तहका प्रमुख/उप-प्रमुख , अध्यक्ष /उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत एवं स्थानीय तहका विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको छ ।

