पहिलो चरणमा सरकारको नेतृत्व आफुले गर्न पाउनुपर्ने प्रचण्डको प्रस्ताव



काठमाडौं।सुषुप्त रूपमा चाहना व्यक्त गरे पनि औपचारिक रूपमा मुख नखोलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै पहिलो पटक मुख खोलेका छन् ।

बिहीबार कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगको भेटमा दाहालले कांग्रेसमा आन्तरिक किचलो रहेको भन्दै पहिलो चरणमा सरकारको नेतृत्व आफूलाई दिन आग्रह गरेका हुन।यसो गर्दा गठबन्धन पनि जोगिने उनको भनाइ थियो।

प्रचण्ड निवास खुमलटारमा सिटौलाले चुनाव जितेकोमा प्रचण्डलाई बधाई दिएर कुराकानी सुरु गरेका थिए । उनले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै त्यसका लागि समयमै निर्णय गर्नुपर्ने बताएका थिए ।

तर, प्रचण्डले कांग्रेसभित्रको आन्तरिक रस्साकस्सीलाई आधार बनाउँदै आफूले सरकारको नेतृत्व गर्नुपर्ने बताएका हुन।कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले आफू प्रधानमन्त्रीको दौडमा रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्