सोलुखुम्बुका यी सात उम्मेदवारले बुझाए निर्बाचन कार्यालयमा आफ्नो चुनावी खर्च विवरण



सोलुखुम्बु । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवार बनेका विभिन्न दलका ७ जनाले आफ्नो निर्बाचन खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्बाचन कार्यालय सोलुखुम्बुका अनुसार आफ्नो प्रमुख दल नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुले खर्च विवरण बुझाउन बांकी रहे पनि साना दलका ७ जना उम्मेदवारले आफ्नो निर्बाचन खर्च बुझाएका हुन्।

२० जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरेको सोलुखुम्बुमा राप्रपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्ञानेन्द्र बहादुर बस्नेत मंसिर १९ गते र सोही पार्टीका प्रदेश सभा क उम्मेदवार नरबहादुर बस्नेतले मंसिर १८ गते निर्वाचन खर्चको विवरण बुझाएका छन् ।
यस्तै, नेकपा माले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद बास्तोलाले मंसिर २० गते, नेमकिपा प्रदेश सभा सदस्य क उम्मेदवार चेतनाथ खनाल र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारानाथ कटेलले मंसिर ८ गते निर्वाचन खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका नायव सुब्बा तथा सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिए ।

यसैगरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रतिनिधिसभा सदस्य उम्मेदवार ल्हामु शेर्पाले मंसिर ८ गते र नेमकिपा प्रदेश सभा ख का उम्मेदवार कमल बहादुर मगर मंसिर १२ निर्वाचन खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ।

निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ ।निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय पनि उल्लेख गर्नुपर्ने जनाएको छ ।निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेश गर्नु पर्नेछ ।

निर्वाचन प्रचार प्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित स्वयम उम्मेद्धार वा आफ्नो प्रतिनिधि मार्फत मतदान सम्पन्न भएको मितिले १५ दिन भित्र निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने भएकोले सो समेत उल्लेख गर्नु पर्नेछ ।

समानुपातिकतर्फका उम्मेदवारले भने अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र निर्वाचन आयोगमा नै खर्च विवरण पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्