नेचासल्यानले गर्यो पहिलो चौमासिकको सार्बजनिक सुनुवाइ
सोलुखुम्बु। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले चौमासिकको सार्वजनिक सुनुवाई गर्दै अहिलेसम्मका प्रगति बिबिवरण समेत सार्बजनिक गरेको छ।

स्थानीय तह निर्बाचनबाट नयाँ नेतृत्व चयन भएपछि गरिएका १०० दिने उपलब्धि सार्बजनिक नगरेको नेचासल्यान चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्ने जिल्लाकै पहिलो पहिलो गाउँपालिका बनेको छ।
गाउँपालिकाद्वारा सार्बजनिक गरिएको प्रगति विबरणमा पालिका भित्रका सबै क्षेत्रमा बाह्रै महिना सडक सञ्चालन हुने वातावरण सिर्जना गरेको, गाउँपालिकाका ६ स्थानमा फ्रि वाईफाईको व्यवस्था गरिएको उल्लेख गरिनुका साथै गाउँपालिकाले प्रवाह गर्ने सेवाको गुणस्तर परिक्षण सर्वेक्षणको तथ्याङक समेत प्रस्तुत गरिएको छ।
गाउँपालिकाले चालुआर्थिक वर्षको कुल बजेट ४६ करोड ६ लाख ८७ हजार ३० रुपैयाँ मध्ये ८ करोड १२ लाख ५६ हजार ९४४ रुपैया बजेट खर्च भएको जनाएको छ।जसमा पहिलो चौमासिकमा चालु तर्फ ६ करोड ६९ लाख ८ बजेट खर्च गरेको छ । चालुतर्फ गाउँपालिकालाई २९ करोड २० लाख ७५ हजार ५ सय बजेट प्राप्त भएकोमा २२.९२ प्रतिशत बजेट खर्च भएको बिवरण प्रमुख प्रशासकिय अधिकृत लबुन राईले प्रस्तुत गरे ।
त्यस्तै, पुँजीगत तर्फ प्राप्त बजेट १६ करोड ८६ लाख ११ हजार ५३० बजेट मध्ये १ करोड ८६ लाख ९६ हजार अर्थात ११.८ प्रतिशत कार्यान्वयन भएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिइन् ।
गाउँपालिकाबाट बिनियोजन भएको बजेट तथा कार्यक्रमबारे नागरिकले राखेका प्रश्न, गुनासो तथा जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष धनजन राई, पालिका भित्रका वडाध्यक्ष र शाखा प्रमुखले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष राइसहित उपाध्यक्ष राई, वडाध्यक्ष रमेश कुमार राई, २ का वडाध्यक्ष सिताराम काफ्ले, ३ का वडाध्यक्ष सितारमा भट्टराई, ४ का वडाध्यक्ष ईन्द्र बहादुर राई, वडा नम्बर ५ का वडाध्यक्ष राजन कुमार राई, शाखा अधिकृत युवराज पोखरेल, शिक्षा अधिकृत माधवमणी ढुंगानालगायतको उपस्थिती रहेको थियो ।

