पत्नीको हत्या गरि टाउको प्लास्टिको थैलोमा बोकेर भाग्दै गरेका युवक पक्राउ
सुर्खेत। पत्नीको वीभत्स हत्या गरि टाउको प्लास्टिकमा बोकेर भाग्दै गरेको अवस्थामा सुर्खेतमा एक युवक पक्राउ परेका छन् ।
पञ्चपुरि नगरपालिका –३ स्थित तोक्मा घर भएका ३८ बर्षीय अमर बहादुर आले मगरलाई पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै गर्दा पलाईटे स्वास्थचौकी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनले ३० वर्षीया मिना आले मगरलाई उनले खुकुरी प्रहार गरेर घाँटी काटेर हत्या गरेको बताईएको छ । आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

