प्रदेश १ मा समानुपातिक तर्फबाट को को बन्दैछन् एमालेका सांसद ?



काठमाडौं।प्रदेश नं १ को मत गणागणना सकिएसँगै नेकपा एमालेले १५ सिट पाउने भएको छ । समानुपातिकमा १८ लाख ९९ हजार १४४ मत सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ ।

आफूले पाएको सिटअनुसार दलहरूले नाम छनोट गर्दा आदिवासी जनजाति ४६.७९, खस-आर्य २७.८४, थारू ४.१५, दलित १०.०६, मधेसी ७.५७ र मुस्लिम ३.५९ प्रतिशत पठाउनुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट १७.५३ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएका क्षेत्रबाट ०.४४ प्रतिशत नाम समावेश हुनुपर्छ ।

१५ सिट पाएको नेकपा एमालेले १३ जना महिला अनिवार्य पठाउनुपर्ने छ । १३ जना महिलामध्ये ६ जना आदिवासी जनजाति महिला, ४ जना खस आर्य महिला, मधेशी, दलित र थारुमा एक/एक जना महिला समानुपातिकबाट पर्ने देखिन्छ । यस्तै पुरुषतर्फ खस आर्य र जनजातिबाट एक÷एक जना पर्ने देखिन्छ ।

आदिवासी जनजाति महिलामा सिर्जना दनुवार (उदयपुर), कमला थापा मगर (झापा), मिना श्रेष्ठ (सुनसरी), सिर्जना राई (भोजपुर) , मालती सुब्बा (मोरङ) र यशोदा कायस्थ (सुनसरी) पर्नेछन् । यस्तै ४ जना खस आर्य महिलातर्फ शिला दीक्षित कार्की (मोरङ), तारादेवी ढकाल (झापा), मिरादेबी खनाल (सुनसरी) र गितादेवी रेग्मी (उदयपुर) रहेका छन् ।

यस्तै, थारु महिलामा मोरङकी ललिताकुमारी चौधरी पर्नेछिन् । यस्तै दलित र मधेसी महिलाबाट क्रमशः कमलादेवी दर्नाल (तेह्रथुम) र गितारानी महतो (झापा) पर्नेछन् ।

पुरुषतर्फ खस आर्य कोटाबाट ओखलढुंगाका किशोर अधिकारी पर्नेछन् । जनजाति पुरुषबाट पाँचथरका श्रीप्रसाद जबेगु प्रदेशसभा सदस्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्