खुम्बु पासाङल्हामूमा मेलमिलाप सम्बन्धि तालिम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामू गाउँपालिकाकाे आयाेजना तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकाे सहजीकरणमा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम एक कार्यक्रमकाबीच सम्पन्न भएको छ।

तालिममा २५ जना सहभागी रहेका थिए।वडा नं ५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष टासील्हामू शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी वर्देवा र अतिथिहरुमा क्रमश: इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख,सगरमाथा राष्ट्रिय निकुन्जका का.सहायक संरक्षणअधिकृत,रणसुर गुल्मका प्रतिनिधि,नाम्चे युवा समुहका अध्यक्ष लगायत वडा नं ५ का जनप्रतिनिधिको उपस्थित रहेको थियो।

