स्याङ्जा-२ मा संघ र प्रदेश दुबैतर्फ कांग्रेस बिजयी
स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।

५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् ।
उता, प्रदेश निर्बाचन क्षेत्र स्याङ्जा –२ ‘क’बाट नेपाली कांग्रेसका उमेदवार भोजराज अर्याल निर्वाचित भएका छन् । शनिबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले १५ हजार १६१ मत प्राप्त गरे ।उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार मोहनप्रसाद रेग्मीले १२ हजार ४३१ मत ल्याए ।तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार सागर गैह्रेले एक हजार ४५७ मत पाए ।
यस्तै,स्याङ्जा क्षेत्र नम्बर–२ ‘ख’बाट कांग्रेसकै उमेदवार महेश भट्टराई विजयी भएका छन् । शनिबार राति सार्वजनिक अन्तिम मतपरिणामानुसार उनी १८ हजार ७८८ मत पाउँदै गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरे।तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार कमलप्रसाद डुम्रेले ८८४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

