माओवादीसँग पार्टी एकताबारे कुनै छलफल भएको छैन : नेकपा एकीकृत समाजबादी
काठमाडौं।नेकपा (एकीकृत समाजवादी)ले नेकपा माओवादी केन्द्रसँग एकता हुन लागेको भन्ने विषयमा सत्यता नभएको स्पष्ट पारेको छ।

समाजवादीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार विज्ञप्ति जारी गर्दै माओवादीसँग एकता हुन लागेको विषय निराधार रहेको बताएका हुन्।
विज्ञप्ती भनिएको छ, ‘विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा भैरहेको नेकपा (एकीकृत समाजवादी ) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौं कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन। नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद पनि भएको छैन।’

