समानुपातिकमा एमालेले कटायो २७ लाख ७२ हजार मत
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना धमाधम भई रहेको छ । शुक्रवार बिहान ७ बजेसम्ममा एक करोड तीन लाख ७९ हजार ३५८ मत गणना भएको छ ।

त्यसमध्ये २७ लाख ७२ हजार ९८५ मत प्राप्त गरी नेकपा एमाले पहिलो स्थानमा छ । निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६१ हजार १७३ मत प्राप्त गरेको छ ।
आयोगको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४१६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८८७, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८, जनमत पार्टीले ३ लाख ९४ हजार ३४०, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९४ हजार ०१८ नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ मत प्राप्त गरेको छ ।

