टाक्सिन्दुमा बित्तीय साक्षरता तथा सामाजिक सुरक्षा भत्ता बितरण सम्पन्न
प्रदिप खालिङ,सोलुखुम्बु।सामाजिक सुरक्षा भत्ता बितरण तथा बितिय साक्षरता कार्यक्रम-२०७९ कार्यक्रम आज टाक्सिन्दुमा सप्पन्न भएको छ ।

सोलुदुधकुन्ड नगरपालिका वडा न १, को वडा कार्यलयको समन्वय र राष्ट्रिय बाणिज्य बैकको आयोजनामा सोलुदुधकुन्ड नगरपालिका वडा न १ नुन्थलामा आज १०० जना भन्दा बढि बृद्धवृद्धले सामाजिक सुरक्षा भता लिएको र टाक्सिन्दुका सेवाग्राही सहजता भएको वडा अध्यक्ष छोङ्बा शेर्पाले बताउनु भयो ।
बितिय सम्बन्धि साक्षरता कार्यक्रम सन्चान गर्नुको साथै सामाजिक सुरक्षा भता गाउँ गाउँमा नै उपलब्ध गर्न पाउदा राष्ट्रिय बाणिज्य बैकका प्रबन्धक चित्र खडकाले खुशि व्यक्त गर्न भयो।जिल्लाको सदरमुकामसम्म कष्टकर यात्रा गर्नु नपरेको र आफनै वडामा सेवा प्रदान गरेकोमा सेवाग्राहीले उत्साह साथ खुशि भएको बताएका छ्न । टाक्सिन्दु गुम्बा र वडा न १को वडा कार्यलयमा सन्चालन भएको कार्यक्रम सफलताको साथ सम्पन्न सप्पन्न भएको छ ।

