अनधिकृत संरचना हटाउन सगरमाथा राष्ट्रिय निकुञ्जको निर्देशन



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज भित्र निर्माण गरिएका अनाधिकृत संरचना हटाउन निर्देशन दिएको छ । लबुचे हिमालको बेसक्याम्पमा अनाधिकृत संरचना निर्माण गरी चिया खाजा पसल सञ्चालन गरिएको पाइएको भन्दै तत्काल हटाउन निकुञ्जले निर्देशन दिएको हो

खुम्बुपासाङल्हामु गाउँपालिका ४ लबुचे बेस क्याम्पमा गैरकानुनी रुपमा टेन्ट खडा गरी चिया तथा खाना पसल सञ्चालनमा रहेको पाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । कार्यालयको अनुमति बिना निकुञ्ज क्षेत्रभित्र जुनसुकै प्रकारको घर छाप्रो, आश्रयस्थल वा अरु आकार बनाउने वा भोग गरे गराईएको पाईएमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ तथा नियमावली अनुसार कारबाही गरिने अधिकृत उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्