युवा वर्ष आधारभूत विद्यालयले गर्‍यो हिमालय ट्र्ष्ट नेपाल र ट्र्ष्ट न्युजिल्यान्डको टोलीलाई स्वागत



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।हिमालय ट्र्ष्ट नेपाल र हिमालयन ट्रष्ट न्युजिल्यान्डको टोलीलाई युवा वर्ष आधारभूत विद्यालयले स्वागत गरेको छ ।

हिमालयन ट्ष्ट न्युजिल्यान्डका अध्यक्ष पिटर हिलारी, जेनरल मेनेजर अलेक्जेण्डर हिलारी, मार्केटिङ मेनेजर क्यासी हेमिङ्वे र हिमालयन ट्र्ष्ट नेपालका अध्यक्ष पासाङ दावा शेर्पा, प्रशासकीय अधिकृत डा. मिङ्मा नोर्वु शेर्पा, कार्यक्रम व्यवस्थापक लाक्पा तेन्जी शेर्पालाई विद्यालयले एक कार्यक्रमकाबीच स्वागत तथा धन्यवाद प्रकट गरेको हो । कार्यक्रम बोल्ने वक्ताहरुले सर एडमन्ड हिलारी, हिमालयन ट्र्ष्ट न्युजिल्यान्ड, हिमालयन ट्र्ष्ट नेपालले गरेको योगदानको चर्चा गरेका थिए। स्वागत कार्यक्रममा बोल्दै हिमालयन ट्र्ष्ट न्युजिल्यान्डका अध्यक्ष पिटर हिलारीले आजभन्दा ६९ वर्ष अगाडि आफ्नो बुबा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले चमत्कारिक रुपमा सगरमाथाको सफल आरोहण गरेको सो आरोहण शिखरमा पुग्नु मात्र नभएर न्युजिल्यान्ड र नेपालबिच मित्रताको कारण भएको हुनाले शिखरबाट आधार शिविर झरेपछि मित्रताको सम्बन्धलाई अझ बलियो बनाउन खुम्बु क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्यार्थीलाई छात्रवृत्ति प्रदान, शैक्षिक सामग्री वितरण जस्ता क्षेत्रमा कार्य गर्दै आएको र हालसम्म पनि उक्त कार्यलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

हिमालयन ट्र्ष्ट्ले सञ्चालन गरेका शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण, संस्कृति सरक्षण र जीविकोपार्जन सम्बन्धी अवलोकन तथा अनुगमनको क्रममा हिमालन ट्र्ष्ट न्युजिल्यान्ड र हिमालयन ट्र्ष्टको टोली सोलुखुम्बुका विभिन्न क्षेत्रमा पुगेको हिमालयन ट्र्ष्ट नेपालका अध्यक्ष पासाङदावा शेर्पाले जानकारी दिनुभयो । उक्त अवलोकन तथा अनुगमनको कार्य गत कार्तिक १८ गते महाकुलुङ गाउँपालिकाको बुङबाट शुरु भएर खुम्बु पासाङल्हामु गाउँपालिका विभिन्न स्थान हुँदै कार्तिक २९ गते सम्पन्न हुने हिमालयन ट्र्ष्ट नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्